भारत-नेपाल सीमाबाट 11 वटा गाई-गोरू र रम-रक्सी जफत

खोरीबारी : भारत-नेपाल सीमामा तैनाथ सशत्र सीमा बल 19औँ वाहिनीको समवाय नावडुबाका जवानहरूले नेपालबाट अवैध रूपमा ल्याइरहेको 11 वटा गाई-गोरूलाई जफत गरेको छ। एसएसबी 19औँ बटालियनका जवानहरूले दिएको जानकारी अनुसार जवानहरूले गस्ती अवधि भारत-नेपाल सीमाको पीलर संख्या 110/13 नजिक 11 वटा गाई-गोरू जफत गरे तापनि तस्करले चम्पट कसेको बताइएको छ। जफत गरेको गाई-गोरूलाई थाना कुरलीकोटमा सुम्पिएको छ। जफत कार्यवाहीमा सहायक उप निरीक्षक अजित पाल र 10 जवान सामेल थिए।


 अर्कोतिर, 19औँ वाहिनी सशत्र सीमा बलको समवाय धनतोलाका जवानहरूले सीमा पिलर संख्या 128 नजिक नेपालबाट ल्याइरहेको 60 बोतल रम-रक्सी जफत गरेको छ भने उक्त जफत गरेको रम-रक्सी नजिकैको थानामा सुम्पेको छ। जफत कार्यवाहीमा सहायक उप निरीक्षक विवेक सिंह र 7 जना जवान सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *