भारत-नेपाल सीमा क्षेत्रमा पुलिस र एसएसबी-को संयुक्त गश्ती

खोरीबारी: क्षेत्रमा शान्तिपूर्ण माहौल कायम राख्न तथा अवैध गतिविधिलाई रोक्ने उद्देश्यले भारत-नेपाल सिमानामा अवस्थित एसएसबी 41औँ बटालियनको डांगुजोत क्याम्पका जवानहरू र खोरीबारी थाना पुलिसले संयुक्त गश्ती अभियान चलायो। प्राप्त जानकारी अनुसार अवैध गतिविधिहरू तथा तस्करीलाई रोक्नको लागि भारत – नेपाल सिमाना क्षेत्रमा एसएसबी धेरै सतर्क रहेको छ। गत राति खोरीबारी थाना अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा एसएसबी-का जवानहरू र पुलिस बलद्वारा संयुक्त रूपमा गश्ती लगाइयो। सिमाना क्षेत्रहरूमा शान्ति, भयमुक्त वातावरण यथावत् राख्नको लागि एसएसबी अनि प्रशासन हरसम्भव तत्पर रहेको बताइएको छ। यसैले बिहार बिधानसभा चुनाउ अघि हाल भारत – नेपाल सीमा तथा यसको संलग्न क्षेत्रहरूमा एसएसबी जवानहरूले दिन-रात गश्ती अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *