भारत-नेपाल सीमा क्षेत्रमा रहेको असले झरना हाल पर्यटकहरुको आकर्षणको केन्द्र बिन्दु

मिरिक: दार्जिलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत भारत नेपाल सिमावर्ती खर्बानी गाउँदेखि साँढे चार किलोमीटर टाढा अवस्थित असले झरना हाल पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ। उक्त झरना मिरिक मात्र हैन दार्जीलिङ पहाडकै आजसम्मको सर्वाधिक अग्लो झरनाको रुपमा मानिएको छ । खर्बनी गाउँदेखि अनुमानित ४.५ किलोमीटर दुरत्वमा  भारत नेपालको सीमा भएर बग्ने मेची अनि सिद्दी खोलाको वारी (भारत तर्फ) रहेको अग्लो पहाडबाट खस्ने असले झरनाले जो कसैको मन लोभ्याउदँछ। तथापि, यहाँसम्म पुग्नको निम्ति व्यवस्थित सडकको व्यवस्था नहुँदा राम्रो ढंगमा असले झरनाको प्रचार हुन सकेको छैन। बिहार, कोलकाता,सिलगढी ,दार्जिलिङ अनि नेपालको  काठमाडौं धरान जस्ता स्थानहरुका पर्यटकहरुलाई आकर्षित गर्न सफल बन्दै आएको असले झरनासम्म पुग्नको निम्ति उचित सडकको ब्यवस्था साथै पर्यटकहरुको निम्ति यहाँ रिसर्ट,पार्किङ , बगैँचा अनि झरनासम्म पुग्न सक्ने व्यवस्थित सिँढी निर्माण गर्न सकिए यहाँ पर्यटन व्यवसाय फस्टाएर जान सक्ने स्थानीय सचेत युवा समीर लिम्बु, सोवित बिश्वले बताएका छन। पर्यटकहरुको सुविधाको निम्ति शिघ्रै असले झरना संरक्षण समिति गठन गरिने जानकारी ती युवाहरुले दिएका छन्। असले झरना परिसरको पुर्वधारको बिकासको निम्ति जीटीए पर्यटन विभाग, राज्य सरकारले आफ्नो पक्षबाट ठोस पहल गर्न सके खर्बनी क्षेत्रमा ग्रामीण पर्यटन विकासको मुल फुटेर जाने स्थानीय सचेत नागरिकहरुले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *