भारत-नेपाल सीमामा कठोर सुरक्षा व्यवस्था, एसएसबीका जवानहरूद्वारा पेट्रोलिङ

खोरीबारी : स्वतन्त्रता दिवसलाई केन्द्र गरेर भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कठोर गरिदिएको छ। एसएसबी 41औँ बटालियनको लगभग 40 किलोमीटर क्षेत्रमा जवानहरूद्वारा भारत-नेपाल सीमामा कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै लगातार पेट्रोलिङ अभियान चलाइरहेको छ। प्राप्त जानकारी अनुसार भारत-नेपाल सीमास्थित 41औँ बटालियनको 40 किलोमीटर क्षेत्रहरू मदनजोत, पानीट्याङ्की, रामधनजोत, कदोमनी जोत, भातगाउँ तथा निम्बुगुडी कम्पनी अन्तर्गत जवानहरूद्वारा लगातार पेट्रोलिङ अभियान चलाइरहेको छ। भारत-नेपाल सीमा तथा यसको संलग्न इलाकामा अवैध गतिविधिहरूलाई रोक्न, तस्करी रोक्न आदिलाई लिएर एसएसबी 41औँ बटालियनका जवानहरू तत्पर छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.