भारत-नेपाल सीमामा रक्षा बन्धन पर्व पालन

खोरीबारी : हाल कोरोना संक्रमणलाई रोकथाम गर्न लकडाउन जारी रहेकोले सीमामा आवागमन बाधित रहेकोले गर्दा भाइ-बहिनीको पवित्र पर्व रक्षा बन्धन भारत-नेपाल सीमामै मनाइयो। यस अवसरमा सीमामा बंगाल, बिहार तथा नेपालबाट आएर दिदी-बहिनीहरूले दीर्घायुको कामना गर्दै आफ्ना दाजु-भाइहरूलाई राखी लगाइदिए। यसपछि दाजु-भाइले तिनीहरूलाई केही उपहार दिँदै जीवनभर रक्षा गर्ने प्रण लिए। स्मरण रहोस्, लकडाउनले गर्दा हाल भारत-नेपाल सीमा पार गर्नमा रोक रहेकोले दुवै देशका सुरक्षाकर्मीहरूको सहयोगमा कोरोनाको सबै नियमहरू पालन गर्दै सीमामै रक्षा बन्धन पर्व पालन गरियो। यस अवधि मानिसहरूले गलगलिया-भद्रपुर बर्डर खोल्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *