भारत-नेपाल सिमानाबाट अमेरिकन नागरिक सहित अन्य एकजना पक्राउ

खोरीबारी : अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्न अगावै अमेरिकाको  नागरिक प्राप्त कुइलेन लाचुमान (58)-लाई पक्राउ गरिएको छ। यसको साथै नेपाल प्रवेश गर्नमा सहयोग गरेको आरोपमा शरद राईलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार भारतीय एकजना युवकको सहयोगमा एकजना अमेरिकन नागरिक नेपाल प्रवेश गर्ने उद्देश्यले गइरहेको समय 93/3 नम्बर पिलर नजिक एसएसबीका जवानहरूले ती दुईजनालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई खोरीबारी थानालाई सुम्पिदिएपछि आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *