भारत-नेपाल सीमाबाट 11 वटा गाई-गोरू जफत

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको निम्बुगुड़ी कम्पनी अन्तर्गत भक्सरभिट्टा बीओपीका जवानहरूले नेपालबाट अवैध रूपमा 11 वटा गाई-गोरू भारत ल्याइरहेको समय जफत गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार 41औँ बटालियन भक्सरभिट्टा बीओपीका जवानहरूले भारत-नेपाल सीमामा नाका पेट्रोलिङ गरिरहेको समय पिलर संख्या 103/15 नजिक नेपालबाट अवैध रूपमा 11 वटा गाई-गोरू ल्याइरहेको समय भारतीय सीमामा रोक्दा तस्करहरूले उक्त गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ चम्पट कसेको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि जफत गरेको 11 वटा गाई-गोरू स्थानीय थानालाई सुम्पिदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *