भारत-नेपाल सीमामा फेरि टोटोको चलाचल शुरू

खोरीबारी : अन्ततः खोरीबारीको भारत-नेपाल सीमामा फेरि टोटो चलाचल शुरू भएको छ। शर्तको आधारमा एसएसबी-ले टोटो चालकहरूलाई सिमामा टोटो चलाउने अनुमति दिएको छ। स्मरण रहोस्, वैध नम्बर नभएकोले एसएसबी-ले खोरीबारीको पानीट्याङ्की भारत-नेपाल सीमामा गत 6 दिसम्बरदेखि टोटोको चलाचल बन्द गरिदिएको थियो। अन्तर्राष्ट्रिय सीमा सुरक्षाको दृष्टिले टोटोको चलाचलमा रोक लगाएको थियो। यसै बीच पानीट्याङ्की ई-रिक्शा युनियनले गत शनिवार सिमामा टोटो चलाचल शुरू गर्ने मागमा विरोध प्रदर्शन गरेपछि एसएसबी-ले टोटो चालकहरूलाई केही शर्तको आधारमा टोटो चलाउने अनुमति दिएको बताइएको छ। एसएसबी-ले चाँडोभन्दा चाँडो टोटोको नम्बर बनाउने आदेश दिएको छ। फेरि टोटोको आवाजाही सामान्य भएपछि टोटो चालकहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *