भारत-नेपाल सिमानाबाट एसएसबीद्वारा अवैध गाईहरू पक्राउ

खोरीबारी: भारत-नेपाल सिमानामा अवस्थित एसएसबी 19औ बटालियनका जवानहरूले गश्ती लगाइरहेको समय अलग-अलग स्थानमा नेपालबाट अवैध रूपमा ल्याइरहेका गाईहरू पक्राउ गरेको छ।  एसएसबी 19औ बटालियन सूत्रले दिएको जानकारी अनुसार ई कम्पनी कुर्लीकोट क्याम्पका जवानहरूले पिपरीथान रेलवे स्टेशन नजिक नेपालबाट ल्याइरहेको 10 वटा गाई पक्राउ गरेको छ।  अर्कोतिर, बीओपी खटखटी अनि तबलभिट्टाका जवानहरूले संयुक्त अभियान चलाएर भारत-नेपाल सिमानामा नेपालबाट अवैध रूपमा ल्याइरहेको 14 वटा गाई-गोरू पनि पक्राउ गरेको बताइएको छ। तथापि उक्त घटनामा कसैलाई पनि पक्राउ नगरेको साथै पक्रा परेको गाई-गोरूहरू नजिकैको पुलिस थानामा सुम्पिदिएको एसएसबी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *