भारत-नेपाल सिमानाबाट चीनका नागरिक सहित सिलगढीका एकजना पक्राउ

खोरीबारी: एसएसबी 41औ बटालियनको पानीट्याङ्की बीओपी-का बीआईटी कर्मीहरूले अवैध रूपले नेपाल गइरहेका एक जना चीनका नागरिकलाई पक्राउ गरेको छ। पक्रा पर्ने विदेशी नागरिकको नाम चोजोर वूसर रहेको छ। यसैगरी, चीनका नागरिकलाई सहायता गरेको आरोपमा एकजना भारतीय नागरिक पेमा भूटियालाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार विदेशी नागरिक नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका थिए। बीआईटी कर्मीहरूले छानबिन अवधि चीनका नागरिकको जन्म प्रमाण पत्र, यूएसए नागरिकता तथा भारतीय पेन कार्ड पनि उद्धार गरेको छ। तिब्बतमा जन्मिएका, चोयजोर वोसर अमेरिकी नागरिक हुन्। यसैगरी, चीनका नागरिकलाई सहयोग गरेको आरोपमा सिलगढी प्रधान नगरका पेमा भूटियालाई पनि पक्राउ गरिएको छ। अवश्यक छानबिन पछि एसएसबी-ले पक्रा परेका दुवै जनालाई खोरीबाड़ी थानालाई सुम्पिदिएको छ। खोरीबारी थाना पुलिसले अग्रिम कार्यवाही शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *