भारत-नेपाल सिमानामा टोटोको चलाचल बन्द गरेपछि चालकहरूद्वारा धरना

पानीट्याङ्की: कुनै निर्देश बिनै भारत-नेपाल सिमानामा टोटोको चलाचल बन्द गरिदिएको छ। चाँडै टोटो चलाचल शुरू गर्ने माग गर्दै आज टोटो चालकहरू धरनामा बसेका छन्। पानीट्याङ्की ई-रिक्सा युनियनका टोटो चालकहरू आज खोरीबारीको पानीट्याङ्कीमा धरनामा बस्नको साथै विक्षोभ प्रदर्शन गरे। टोटो चालकहरूको आरोप अनुसार एसएसबी-ले कुनै कारण बिनै टोटोलाई रोकिदिएको छ। चाँडै टोटोको चलाचल शुरू नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने प्रदर्शनकारी चालकहरूले चेताउनी दिएका छन्। एसएसबी सूत्रले दिएको जानकारी अनुसार टोटोको कुनै वैध नम्बर तथा कागजपत्र नरहेकोले गर्दा नै उक्त निर्णय लिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *