भारत बन्द:  बन्द समर्थकहरूद्वारा सरकारी बस रोकेर विरोध प्रदर्शन

कुचबिहार: संयुक्त किसान मोर्चाले कृषि कानूनलाई अमान्य गरिनु पर्ने लगायत विभिन्न मागलाई लिएर आज देशव्यापी रूपमा बन्द बोलाएको छ। बन्दको समर्थनमा आज बिहानैदेखि कुचबिहार सहरको विभिन्न सडकहरूमा बन्द समर्थकहरू ओर्लिएको देखियो। आज बिहान कुचबिहारको सुनीति रोड इलाकामा उत्तरबंग परिवहन निगमको एउटा सरकारी बसलाई रोकेर बन्द समर्थकहरूले विरोध प्रदर्शनी गरे। यसको साथै तिनीहरूले उक्त बसमा सवार सबै यात्रुहरूलाई बाहिर निकाली दिए। तथापि आज बन्द अवधि अधिकजसो सबै निजी वाहनहरू चलाचल गरेन।यसवाहेक, सहरका सबैजसो दोकानहरू पनि बन्द रहेको बताइएको छ। बन्दलाई लिएर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *