भारत बन्दको उत्तरबंगालमा मिश्रित प्रभाव, दार्जिलिङमा परेन प्रभाव

वाममोर्चा र कांग्रेस अनुमोदित ट्रेड युनियनले डाकेको भारत बन्दको उत्तर बंगालमा मिश्रित प्रभाव देखापर्यो। बन्दको कारण धेरै ठाउँहरूमा बिहानैदेखि जनजीवन प्रभावित भएको देखापर्यो। बन्द समर्थकहरूले धेरै ठाउँहरूमा ट्रेन र बसहरू रोक्नको साथै पथ अवरोध गर्दै सडकमा ओर्लिएको देखियो। सामान्य केही घटनाहरूबाहेक धेरैजसो ठाउँहरूमा बन्द शान्तिपूर्ण ढङ्गमा पालन भइरहेको छ। सिलगढी सहरलगायत वरिपरिको क्षेत्रहरूमा आज बन्दको असर देखापर्यो। सहरको प्रायः सबैजसो साना-ठुला दोकानहरू लगायत सपिङ मल बन्द रहेको देखियो।


विशेष गरेर उत्तर बंगालको दार्जिलिङ, जलपाईगढी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुरमा बन्दको मिश्रित प्रभाव देखापर्यो भने मालदामा बन्द अवधि आज हिंसात्मक घटनाहरू घटेको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार मालदाको कालियाचक थानाअन्तर्गत पर्ने सुजापुर इलाका आज दिउँसो रणक्षेत्रमा परिणत भयो। बन्द समर्थकहरू अनि पुलिसमाझ झडप हुनको साथै पुलिसको वाहनहरूमा आगो लगाइदिनको साथै अन्य सरकारी बसहरूमा तोडफोड तथा आगजनीको घटना भएको प्रकाशमा आएको छ। स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि पुलिसले लाट्ठीचार्ज समेत गर्नपर्यो भने उक्त घटनामा केही पुलिसकर्मीहरू पनि घाइते भएका छन्।


अर्कोतिर, दार्जिलिङ अनि कालेबुङ जिल्लामा बन्दको कुनै असर परेन। सदा झैँ दोकानपाट खुल्लै रह्यो भने वाहनहरूको चलाचल आज पनि सामान्य रह्यो। यसको साथै सरकारी तथा निजी सबै कार्यालयहरू खुल्लै रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *