भारत-बङ्गलादेश मैत्री फुटबल म्याच-2022 सिलगढीमा आयोजना

सिलगढी (निसं): सिलगढी भेटरन प्लेयर्स एसोसिएसनको तत्वावधानमा आज सिलगढीमा भारत-बङ्गलादेश मैत्री फुटबल म्याच 2022 को आयोजना गरियो। आजको फुटबल खेल बङ्गलादेशको गोल्डन पास्ट क्लब बनाम सिलगढी भेटरन क्लबमा माझ सम्पन्न भयो। उक्त खेलमा सिलगढी भेटरनले 2-0 गोलले बङ्गलादेशलाई पराजित गऱ्यो। यस खेल अवधि दुवै देशका फुटबल प्रेमीहरू लगायत फुटबल खेलाड़ी तथा अन्य उपस्थित थिए। खेल समाप्त भएपछि दुवै देशका खेलाडीहरूलाई मोमेन्टो प्रदान गरियो। यस अवसरमा सिलगढी भेटरन प्लेयर्स एसोसिएसनका सचिव स्वपन दे-ले भने, यस मैत्री प्रीति फुटबलले दुवै देशमाझको सम्बन्ध अझ प्रगाढ भेको छ। यसले दुवै देशमाझ आफसी भाईचारा अझ बढ्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *