भारत बङ्ग्लादेश सिमाना इलाकाबाट बङ्ग्लादेशी गाई-गोरू तस्कर पक्राउ

फाँसीदेवा: फाँसीदेवा थानाको भारत बङ्ग्लादेश सिमानाको कालुजोत इलाकाबाट फाँसीदेवा थाना पुलिसले एकजना बङ्ग्लादेशी गाई-गोरू तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 40 वर्षीय मोहम्मद खलीलको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार रातिको अँध्यारोमा गाई-गोरू बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले मोहम्मद खलील अवैध रूपमा बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेका थिए। सिमाना इलाकाबाट पुलिसले तिनलाई पक्राउ गरेको हो। पुलिसले मोहम्मदबाट बङ्ग्लादेशी 10 रुपियाँको 3 वटा नोट उद्धार गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *