भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस मनाइने

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी 9 सितम्बरको दिन आफ्नो दोस्रो स्थापना दिवस मनाउने भएको छ। यसपल्ट पार्टीले केन्द्रिय स्तरमा स्थापना दिवस खरसाङमा मनाइने छ। दार्जिलिङ अनि कालेबुङमा पनि स्थापना दिवसको समारोह आयोजना गरिने पार्टी महासचिव अमर लामाको विज्ञप्ति मार्फत जनाएका छन्। तिनले बताए अनुसार पार्टीको निम्ति यो पहिलो वर्ष चुनौतीपूर्ण रह्यो। छोटो समयमा हामीले दुइवटा चुनाउको सामना गर्नु पर्यो। दार्जिलिङ नगरपालिकाको चुनाउमा पूर्ण सफलता प्राप्त गर्नु सकेनौं। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको चुनाउमा हामी पूर्ण रूपले सफल हुनु सक्यौं। जनताले उहाँहरूको विश्वास हामी माथि राख्नु भएको छ। जनताले हामी माथि भरोसा राखेर जीटीएमा राखेको छ। हामीले चुनाउ समयमा जुन काम गर्छौ भनेका थियौं हामी विस्तारै पूरा गर्दै जानेछौ। हामीले सरकारलाई पञ्चायत चुनाउ मागेका थियौं। आज राज्य चुनाउ आयोगले पुनः सीमाङ्कन गर्ने आदेश जारी गरेको छ। जीटीएको निम्ति यो ठूलो उपलब्धि हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *