भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरूलाई मतदान गरिदिने नवराज छेत्रीको अपील

पानीघट्टा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा साङ्गठनिक साथै ट्रेड युनियन को अर्डिनेटर नवराज छेत्रीले आज मिरिक रिपोर्टस कल्ब अफ् तराई ब्रञ्च कार्यालयमा प्रेस भेला गरेर दार्जिलिङ नगरपालिका चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वाहरूलाई मतदान गरेर विजयी बनाइदिने दार्जिलिङका वार्डवासीहरूलाई अपील गरे। तिनले आगामी 27 फरवरीमा हुने दार्जिलिङ नगरपालिका चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरूलाई पहाडको एकता, शान्ति र विकासको निम्ति भोट दिने आह्वान गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरूले पाएको दमा (ड्रम)-को चिन्ह भनेको शुभ कार्यमा बजाउने हो र दार्जिलिङ नगरपालिकाको 32 वटै आसनमा खडा भएका  पार्टीका प्रार्थीहरूलाई हाम्रो पहाड र राम्रो पहाड बनाउन दमाको चिन्हमा भोट दिएर बोर्ड गठन गर्ने कुरामा आफु पूर्ण विश्वस्त रहेको तिनले जनाएका छन्। स्मरण रहोस, दार्जिलिङ नगरपालिका चुनाउको निम्ति भारतीय प्रजातान्त्रिक मोर्चाले सबै 32 वटा वार्डमा आफ्नै पार्टीका उम्मेद्वारहरू उतारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *