भारतीय जनता युवा मोर्चाद्वारा सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : कोरोना महामारीको परिस्थितिमा विभिन्न अस्पतालहरूमा हाल रगतको संकट देखापरेको छ। यसैले भारतीय जनता युवा मोर्चाले रगतको संकट दूर गर्ने उद्देश्य लिएर आज सिलगढीको भाजपा पार्टी कार्यालय जयमनि भवनमा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा 50 जनाले रक्तदान गरे भने शिविरमा संग्रहित गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइने बताइएको छ। शिविरमा भाजपा नेता शङ्कर घोष लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। भोलिदेखि देशभरिमै 18 वर्षदेखि माथिकाहरूलाई कोरोनाको भ्याक्सिन लगाइने भएको छ भने टीकाकरण गरेको 28 दिनसम्म रक्तदान गर्न सक्दैनन्। यसैले रगतको संकट नहोस् भन्ने उद्देश्य लिएर टीकाकरण लगाउन अगावै रक्तदान शिविरको आयोजना गरिएको भारतीय जनता युवा मोर्चाको तर्फबाट बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *