भारतीय पहलवान रवि कुमारले ओलम्पिकमा जिते रजत पदक

टोक्यो : भारतीय पहलवान रवि कुमार दाहियाले ओलम्पिक खेलको 57 किलोग्राम वर्गको कुस्तीमा रजत पदक हत्याए। 23 वर्षीय रविको कुस्ती प्रतिस्पर्धाको फाइनल खेलमा रूसका जाभुर उगुएभसित भीडन्त भएको थियो जसमा तिनी 4-7 अङ्कको अन्तरले पराजित भएपछि रजत पदकमा नै सन्तोष मान्न पर्यो। स्मरण रहोस्, ओलम्पिक कुस्ती खेलमा भारतको पक्षबाट हालसम्म पदक जित्ने दुई खेलाडीहरूमध्ये तिनी एक हुन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *