भारत-नेपाल सीमा पानीट्याङ्कीबाट भारतीय पासपोर्ट बनाएको आरोपमा नेपालका महिला पक्राउ

खोरीबारी: एसएसबी 41औं बटालियनको पानीट्याङ्की बीओपी-का बीआईटी कर्मी तथा इमीग्रेशन टीमले नेपालबाट भारत आइरहेका महिला रन कुमारी लिम्बुलाई पक्राउ गरेको छ।  एसएसबीले आवश्यक कार्वाही गरेपछि उक्त महिलालाई इमीग्रेशन रानीगञ्ज पोस्टलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार भारत-नेपाल सीमाको पानीट्याकी चेक पोस्टमा एसएसबी बीआईटीद्वारा नियमित जाँच अवधि नेपालबाट आएका एकजना महिलासित सोधखोज गर्दा तिनको ह्यान्ड ब्यागबाट नेपाली नागरिकता कार्ड जेरोक्स कपी, भारतीय पेन कार्ड, हङकङको पहिचान पत्र, भारतीय पासपोर्टको जेरोक्स कपी उद्धार गरेको छ। सोधखोज अवधि महिलाले बताए अनुसार तिनी नेपाली नागरिक हुन् भने तिनले हङकङ जानको लागि भारतीय पासपोर्ट बनाएकी थिइन्। यसपछि उक्त महिलालाई पक्राउ गरेर इमिग्रेशन रानीगञ्जलाई सुम्पिदिएको बताइएको छ। इमीग्रेशनले पनि आगामी कार्वाही गर्दै महिलालाई खोरीबारी थानालाई सुम्पिदिएपछि आज उक्त महिलालाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *