भारत-नेपाल सीमा पानीट्याङ्कीमा एसएसबी, नेपाल एपीएफ तथा प्रहरीको संयुक्त गश्ती अभियान 

खोरीबारी : भारत-नेपाल सीमामा अवैध गतिविधिहरूमाथि अंकुश तथा आपसी समन्वय स्थापित गर्ने उद्देश्य लिएर एसएसबी 41औँ बटालियन रानीडाङ्गाको ए कम्पनी पानीट्याङ्कीका जवानहरू एवम्  नेपाल एपीएफ तथा  नेपाल प्रहरीको जवानहरूद्वारा संयुक्त पेट्रोलिङ अभियान चलायो। एसएसबी सूत्रले दिएको जानकारी अनुसार सीमामा अवैध गतिविधि तथा तस्करीलाई रोक्ने उद्देश्यले एसएसबी सतर्क रहेको छ। यहीँ सतर्कतालाई अझ बढाउनको लागि एसएसबी 41औँ बटालियनको ए कम्पनीका जवान तथा नेपाल एपीएफ, नेपाल प्रहरीद्वारा भारत-नेपाल सीमाको पानीट्याङ्की क्षेत्रहरूमा संयुक्त गश्ती अभियानको आयोजना गर्यो। संयुक्त गश्ती अभियानमा एसएसबीको तर्फबाट एसी निखिल विश्वास, इन्स्पेक्टर विवेक शर्मा, एसआई चेतन्य केशव, एसआई राजु, नेपाल पुलिसका डीएसपी राजेन्द्र पोखरियाल, इन्स्पेक्टर प्रेम कुमार राय, एपीएफका एसआई नागेन्द्र लगायत अन्य जवान सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *