भारत-नेपाल सीमा पानीट्याङ्कीबाट वन्यजीवका देहांशहरू सहित नेपालका नागरिक पक्राउ

खोरीबारी (निसं): भारत-नेपाल सिमानाको खोरीबारी पानीट्याङ्कीमा वन्यजीवका देहांशहरू सहित एकजना नेपालका नागरिकलाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपी डम्बर सापकोटा (29) हुन्। प्राप्त जानकारी अनुसार सोमवार सिक्किमबाट चारचक्के वाहन नेपालमा प्रवेश गर्न अघि जाँच गर्दा वन्यजीवहरूको देहांश सहित एकजना नेपालका नागरिकलाई पक्राउ गरेको हो। एसएसबी-को 41औ बटालियनका जवानहरूले वाहनबाट 5 वटा मृगको सिंग, मृगको खोपड़ी, साँपको हड्डी और हिमालयन गोरालेन लगायत अन्य देहांशहरू उद्धार गरेको बताइएको छ। यसपछि आरोपीलाई पक्राउ गरेर टुकरियाझार वन विभागलाई सुम्पिदिएको छ। आरोपी अन्तरराष्ट्रीय वन्यजीव तस्करीमा सामेल छ-छैन भन्नेबारे वन विभागले जाँच शुरू गरेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *