खोरीबारी, 19 सेप्टेम्बर (निसं): भारत-नेपाल सीमा क्षेत्रको पानीट्याङ्कीमा एसएसबी-ले कार्वाही गर्दै ब्राउन शुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान नेपालको झापा जिल्ला निवासी विजय रेक्सन (21) का रूपमा गरिएको छ।
घटनाक्रम अनुसार, एसएसबीको 41औं बटालियनका जवानहरूले भारत-नेपाल सीमा क्षेत्र पानीट्याङ्कीमा गश्ती लगाइरहेको क्रममा एकजना सन्देहास्पद युवकलाई पक्राउ गरे। त्यसपछि युवकको छानबिन गर्दा 96 ग्राम ब्राउन शुगर फेला परेको बताइएको छ। यसपछि एसएसबी-का जवानहरूले पक्रा परेका युवकलाई खोरीबारी पुलिसलाई सुम्पिदिए। प्रारम्भिक सोधखोज अनुसार, पक्राउ परेको युवक पानीट्याङ्की बजारबाट मादक पदार्थ किनेर नेपाल जान लागेको थियो। पुलिसले आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। अर्कोतिर, पुलिसले सम्पूर्ण घटनाको विस्तृत जाँच गरिरहेको छ।