भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर

पानीट्याङकी : स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर एसएसबी 19 औँ बटालियनका जवानहरूले भारत-नेपाल सीमा क्षेत्रमा गश्ती लगाइरहेका छन्। एसएसबीका जवानहरूले नेपाल पुलिससँग मिलेर कुनै आतङ्की गतिविधिलाई रोक्ने उदेश्य लिएर रात-दिन गस्ती लगाउनको साथै भारत-नेपाल सिमानामा कठोर सुरक्षाको व्यवस्था अप्नाइएको छ। यसको साथै एसएसबी-का जवानहरूले सिमानामा गिद्धे नजर राखेको छ। कुनै प्रकारको अप्रिय गतिविधि उत्पन्न भएको खण्डमा त्यसको समाधान गर्न तिनीहरू तत्पर छन्। यसको साथै स्वतन्त्रता दिवसको एकदिन अघि भारत-नेपाल सीमा क्षेत्रको विभिन्न ठाउँहरूमा चेकिङ्ग अनि पेट्रोलिङ्ग पनि गरिरहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.