भारत-नेपाल सीमाबाट 5 वटा गाई उद्धार

नक्सलबारी (निसं): नक्सलबारीको झापुजोत भारत-नेपाल सिमानामा तस्करी गर्न अगावै 5 वटा गाई उद्धार गरिएको छ। तथापि एसएसबी-का जवानहरू देखेर तस्करहरू घटनास्थलबाट चम्पट कसे। जानकारी अनुसार आज बिहान तस्कर नेपालबाट गाईहरू तस्करी गर्ने उद्देश्यले भारत आइरहेका थिए तर एसएसबी-का जवानहरू देखेर भागे। यसपछि उद्धार गरेको 5 वटा गाई नक्सलबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *