भारत-नेपाल सीमामा मादक पदार्थ सहित महिला पक्राउ

खोरीबारी : भारत-नेपाल सीमाको पानीट्याङ्की मादक पदार्थसहित एउटी महिलालाई पक्राउ गरेपछि आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पक्रा परेकी महिला खोरीबारीको पश्चिम रामधनजोत-बद्राजोत निवासी 47 वर्षीय बरकी मुर्मूको रूपमा चिन्हित गरिएको छ। एसएसबी 41औँ बटालियनका जवानहरूले हिजो पानीट्याङ्की इलाकामा  अभियान चलाउँदा उक्त महिलामाथि सन्देह लागेर छानबीन गर्दा 152 ग्राम मर्फिन उद्धार भएको छ उक्त मादक पदार्थ नेपालमा तस्करी गर्ने योजना रहेको बताइएको छ। एसएसबीका जवानहरूले उक्त महिलालाई खोरीबारी पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *