खोरीबारी : भारत-नेपाल सिमानाको पानीट्याङ्कीबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति चीनको गन्डोङ इलाका निवासी 39 वर्षीय योङहिन पेङको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार उक्त व्यक्ति नेपालबाट भारतमा आएको समय एसएसबीलाई सन्देह लागेपछि तिनलाई रोकेर सोधखोज गर्नको साथै छानबीन गर्दा चीनको नागरिक परिचयपत्र, नेपालको पासपोर्ट, नेपालको नागरिकता, विभिन्न देशको रुपियाँ, मोबाइल लगायत केही चीनको सामग्री उद्धार गरेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर जाँच शुरू गरेको छ।