खोरीबारी : खोरीबारी पानीट्याङ्कीको भारत-नेपाल सिमानाबाट नकली आधार कार्ड सहित 1 जना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। बङ्ग्लादेशी नागरिकलाई सहयोग गरेको आरोपमा अझ 1 जना भारतीय युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरू बङ्ग्लादेशको कुडी गाउँ निवासी मोहम्मद मोसेदुर रहमान र कुचबिहार निवासी भारतीय युवक एक्रामूल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पक्रा परेका दुईजनाले नकली आधार कार्ड र कोभिड सर्टिफिकेट देखाएर आँखा जाँच गराउने बहानाले नेपालमा प्रवेश गर्ने योजना रहेको थियो। तर यसभन्दा अगावै एसएसबी 41औँ बटालियनका जवानहरूले सन्देहको आधारमा ती 2 जनासित सोधखोज गर्दा तीमध्ये एकजनाले आफू बङ्ग्लादेशी नागरिक रहेको कुरा स्वीकारे। आरोपी बङ्ग्लादेशी नागरिकबाट नकली आधार कार्ड र बङ्ग्लादेशी पासपोर्ट उद्धार गरेको छ। एसएसबीले ती 2 जनालाई पक्राउ गरेर खोरीबारी पुलिसलाई सुम्पिदिएपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।