भारत सेवा आश्रम संघद्वारा वार्षिक महोत्सव पालन

नक्सलबारी : नक्सलबारी खालपाड़ास्थित हिन्दू मिलन मन्दिरमा भारत सेवा आश्रम संघको तर्फबाट वार्षिक महोत्सव पालन गरियो। यस अवसरमा पुजा पाठ गर्नको साथै प्रसाद वितरण गरियो। प्रत्येक वर्षझैँ यस वर्ष पनि भारत सेवा आश्रमद्वारा वार्षिक महोत्सव मनाइएको भाजपा नक्सलबारी मण्डल अध्यक्ष दिलीप बारौइले बताए। श्री श्री परमानन्द महाराजजीको जन्मोत्सवको अवसरमा माघे पूर्णिमाको दिन प्रत्येक वर्ष वार्षिकोत्सव मनाइने गरिन्छ। यस अवसरमा हिन्दू मिलन मन्दिरका महासचिव चन्दन बाग्ची, सचिव सुनील मण्डल, कोषाध्यक्ष पङ्कज घोषलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *