भारतीय चाय मजदुर संगठनद्वारा डुवर्सका चियाबारीहरूमा गेट मीटिङ

नगरकट्टा : भाजपा समर्थित भारतीय चाय मजदुर संगठनद्वारा चिया श्रमिकहरूको विभिन्न मागलाई आजदेखि डुवर्स तथा तराईका चियाबारीहरूमा गेट मिटिङको आयोजना गरियो। भारतीय चाय मजदुर संगठनद्वारा पूर्व घोषित कार्यक्रम अनुसार चिया कमानमा कार्यरत् श्रमिकहरूको न्युनतम मजदुरी, चियाबारीका मजदुरहरुको पर्जापट्टा, पुजा बोनस लगायत अन्य मुद्दाहरुलाई लिएर आजदेखि डुवर्स तराईका चियाबारीहरूमा गेट मिटिङ गरियो। उक्त गेट मिटिङ भोली 4 सेप्टेम्बरमा पनि जारी रहने बताइएको छ।


यसैक्रममा आज बानरहाट क्षेत्रका सम्पूर्ण चियाबारीहरुमा पनि गेट मिटिङ गरियो । लखीपाडा चियाबारीको गेट मिटिङमा सांसद जोन बारलाले श्रमिकहरुलाई सम्बोधन गर्दै आफुले चिया श्रमिकहरुले भोग्न परिरहेको असुविधाहरुबारे केन्द्र सरकारलाई जनाउँदै आएको बारे अवगत गराए। तिनले यस अवसरमा एक्स्ट्रा टी प्राइस-को विषयमा पनि कुरा उठाए। कोरोनाको महामारीले अन्य क्षेत्रमा प्रभाव पारेता पनि चियाको मुल्यमा वृद्धि भएकोले मालिकपक्ष नाफामा चलिरहेको तिनले बताए। तिनले चिया श्रमिकहरुलाई 20 प्रतिशत भन्दा अधिकले बोनस दिनु पर्ने पनि माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *