भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिको सभा

खरसाङ: भारतीय गोर्खा परिसंघको एउटा सभा भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिका अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा गोर्खा सांस्कृतिक चिन्तन भवनमा आज सम्पन्न भयो। सभालाई परिसंघका क्षेत्रीय सचिव  देविका मङ्ग्रान्ती राईले सञ्चालन गरेका थिए। सभामा उपस्थित सदस्यहरूमा भागोपको वार्षिक सांगठनिक शिविर यसवर्ष खरसाङमा सम्पन्न हुने खबरले पूर्ण उत्साह र जोश देखियो। उक्त सभामा कोरोना महामारीलाई ध्यानमा राखेर आगामी 20 फरवरी 2021-मा एक दिवसीय सांगठनिक शिविरको आयोजना गर्ने निर्णय लिइयो। सबै क्षेत्र, शाखा, प्रशाखाका प्रतिनिधिहरूको सुविधालाई ध्यानमा राखेर स्थानीय नयाँ बजारस्थित टाउन कम्युनिटी हलमा समारोह सम्पन्न गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ।  सभामा  समारोहलाई दुई सत्रमा विभाजन गरेर प्रथम सत्र – पूर्वान्हमा बौद्धिक विचारहरूको विनिमय कार्यशाला अनि दोस्रो सत्र अपरान्हमा सांगठनिक विचार विमर्शको निम्ति ठिक गरिएको छ। सभामा भागोप राष्ट्रिय षरिषद खरसाङका सदस्य रश्मी राईले 10 हजार रुपियाँ प्रदान गरेर सांगठनिक शिविरलाई सहृदय सहयोग गरिन्। यसैगरी सदस्या मिना राईले प्रतिनिधिहरूको निम्ति  बिहानीको  खाजाको अभिभार वहन गरेर समारोहलाई थप शक्ति प्रदान गरिन्। भागोप घैयाबारी शाखाले सांगठनिक शिविरको निम्ति  स्वेच्छाले अनुदान राशिमा बढोत्तरी गरेर पाँच हजार रुपियाँ दिने प्रतिश्रुति सभामा राखेको छ। समारोहमा दिवा भोजन तयारीको अभिभार पारस लामाले लिएका छन्। सभामा उपस्थित सदस्यहरु पारस लामा, तिलक शर्मारामप्रसाद लामा, सुवाङ सुब्बाजयराज थापा, बीबी गुरूङ, तुलसी अधिकारीले आ-आफ्नो मन्तव्य व्यक्त गरे। सभाध्यक्षको सम्बोधनमा आशा मुखिया लामाले आगामी फरवरी महिनामा सम्पन्न हुने सांगठनिक शिविरलाई पूर्ण रूपले सफलीभूत तुल्याउनुको निम्ति सबैले सहृदय सहयोग गर्ने आह्वान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes