भारतीय गोर्खा परिसंघ जोन दुईको भर्चुअल सभा

खरसाङ (निसं) : भारतीय गोर्खा परिसंघ जोन दुईको गुगलमिटमा एउटा भर्चुअल सभा कार्यकारी अध्यक्ष नित्यानन्द उपाध्यायको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सञ्चालन जोन 2 का अध्यक्ष आकाश लामाले गरेका थिए। भागोप-लाई हाम्रो गोवर्धन पर्वत बनाउनु पर्छ भनेर सधैँ भनिरहने दिवङ्गत अध्यक्ष सुखमान मोक्तानको सपना साकार बनाउन भागोप अघि बढिरहेछ भनी बताएका छन्। जाति, भाषा, शिक्षा, साहित्य, खेलकुद , स्वास्थ्य अनि अन्य धेरै विषयलाई अघि बढाउनु भागोप-को लक्ष्यहरू रहेको बताइएको छ। भागोपले स्वास्थ्यप्रति पनि मानिसहरूको सेवा गर्दै आइरहेको छ भने यसपाली सिलगढीका समाजसेवी तथा हालै बंगरत्न पुरस्कारले पुरस्कृत प्रतिष्ठित डाक्टर पीडी भूटियाले पनि भागोपको ब्यानरमा तथा भागोपसँग मिलेर महिनाको एउटा मंगलबार दिनभरि कमान बस्ती, दुर्गम क्षेत्रका विपन्न रोगीहरूको नि:शुल्क जाँच, परीक्षण तथा सेवा गर्ने इच्छा व्यक्त गरेको जानकारी गराएको छ। सभामा सबैले यो अति नै खुशीको कुरो हो भन्दै डा. भूटियाको कुरामा सहमति जनाएका छन्। उक्त गुगलमिटमा भागोप-का देशभरिकै शीर्ष नेतृत्वहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *