भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको कार्यकारिणी समितिको सभा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीको कार्यकारिणी सदस्यहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। सभाको अध्यक्षता महकुमा समिति कार्यालय सचिव भिम लामाले गरेका थिए भने सभालाई टाउन कमिटीको प्रचार प्रसार सचिव बिरबल पाख्रीनले सञ्चालन गरेका थिए। सभामा विशेष रूपमा खरसाङ नगरपालिका उपाध्यक्ष तथा भागोप्रमो महकुमा समिति प्रवक्ता सुवास प्रधान उपस्थित थिए। वर्तमान समयमा पार्टीलाई के कस्तो प्रकारले प्रशाखा स्थरबाट नै बलियो बनाएर लैजाने भन्ने विषयमा सभामा चर्चा परिचर्चा गरियो। सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एवम् भागोप्रमो महकुमा समितिका प्रवक्ता सुवास प्रधानले सम्बोधन गर्दै उपस्थित सदस्यहरूले आ-आफ्नो जिम्मेवारीलाई सम्झेर प्रत्येक वार्डमा जनतासम्म पुगेर तिनीहरुको भावना अनि समस्याहरूलाई बुझ्नु आवश्यक रहेको बताए। भोटको समयमा मात्र झुटो आश्वासन दिइ जनतालाई झुक्याउने नेता तथा पार्टीहरूदेखि जनतालाई होशियारी तथा सावधान बनाउनु पर्ने कुरा सभामा वक्ताहरूले बताए। प्रधानले वर्तमान समयमा नगरपालिकाको बोर्ड भागोप्रमो-को रहेको कारणले गर्दा वार्ड वार्डमा जनताको सुविधाको कामहरू धेरै नै भ‌इरहेको अवगत गराए। अब प्रत्येक वार्डमा प्यारेन्ट्स बडीको सभा राखिने साथै नगरपालिकाद्वारा गरिएको कार्यहरुको निरीक्षण पार्टीद्वारा गरिने अनि मानिसहरुको सुझाउ साथै गुनासोहरू विषयमा पनि जानकारी दिइने यसै सभामा सर्व सम्मतिद्वारा निर्णय लिइयो। यसरी नै केन्द्रीय अध्यक्ष अनित थापाको सोँचलाई आत्मासात गरेर तिनको हात बलियो बनाउने आह्वान सभामा गरियो। यस सभामा मूल सचिव सूर्य कमल छेत्री, मुख्य सल्लाहकार सन्दिप बल र अशोक सेन्चुरी, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिवहरू दिपेन सेवा, रञ्जन गजमेर र गुन्जन शर्मा, कार्यकारिणी सदस्यहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes