भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर 16 परिवार गोजमुमो-मा सामेल

कालेबुङ: कालेबुङ जिल्लाको 38 नम्बर समष्टि अन्तर्गत अप्पर लुङछुमा 16 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर गोजमुमो-मा सामेल भएका छन। विशेष गरेर 38 नम्बर समष्टि संयोजक तोप्देन भोटिया साथै पार्टी अध्यक्ष बिमल गुरुङको जाति प्रतिको निरन्तर योगदान साथै गोर्खाल्याण्डको मुद्दालाई हेरेर पार्टीलाई थप सहयोग गर्नुपर्छ भन्ने मनसाय लिएर गोजमुमोलाई समर्थन जनाएको बताइएको छ। एउटा सभाबीच भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरूले पार्टी त्यागेर गोजमुमोलाई समर्थन जनाएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *