भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको जंगपानामा सभा

खरसाङ : आगामी दिनमा हुने चुनाउलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको सभा खरसाङ महकुमा अन्तर्गत जंगपाना चियाबारीमा सम्पन्न भयो। हेमकुमार देवानको अध्यक्षतामा सम्पन्न भएको सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री लगायत जंगपाना बुथ स्तरीय कमिटीका प्रतिनिधिहरू विशेष रूपमा उपस्थित थिए। यसै सभामा आगामी चुनाउलाई ध्यानमा राखेर जंगपाना चियाबारीमा बुथ स्तरीय चुनाउ समन्वयक कमिटी गठन गरिएको छ। उक्त चुनाउ समन्वयक कमिटीमा मुख्य चुनाउ समन्वयकका रूपमा श्यामराज राई, सह समन्वयक हेमकुमार राई र हेमन्त तामाङ, कोषाध्यक्ष सरला राई, सल्लाहकारमा सञ्जय गुरुङ र राजेन छेत्री चयन भएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *