भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गोरूबथान जोन 1 समष्टिको कमिटी गठन

गोरूबथान : कालेबुङ जिल्लाको 43 नम्बर समष्टि गोरूबथान (जोन 1)-मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टि कमिटी गठन गरियो। सोमबारे बजारस्थित पार्टी कार्यालयमा युवा मोर्चा कालेबुङ जिल्ला समितिका अध्यक्ष सीबी गुरूङ, महासचिव विनय घिसिङ, युवा शक्ति अध्यक्ष बारूद थापा, नारी शक्ति अध्यक्ष शशि प्रधान लगायत अन्य जिल्ला समितिका पदाधिकारीहरूको उपस्थितिमा उक्त कमिटी गठन गरिएको छ। गोरूबथान जोन 1 समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक युवा मोर्चा समितिमा अध्यक्ष सूर्यमणि राई, उपाध्यक्षहरू क्रमैले रबिन प्रधान, निमा लामा, राजेन बुढाथोकी, ओम प्रकाश कार्की, सुजन लामालाई चयन गरिएको छ भने कार्यकारी अध्यक्ष दिल बहादुर सार्की, महासचिव काशीराम प्रधान, सहसचिव दीपक, हैदर अली सिद्दकी, गङ्गाराम ब्लोन, सुरज प्रधान तथा कोषाध्यक्ष बर्बुवहन राणा लगायत अन्यलाई विभिन्न पदहरूमा छनौट गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *