भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनको नयाँ कमिटी गठन

खरसाङ (निसं) : रोहिणी पाइलाधुरा डिभिजनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको थेबा बलको सभापतित्वमा एउटा सभा बसेर सम्पूर्ण रोहिणी चिया श्रमिकहरूलाई लिएर ट्रेड युनियनको नयाँ कमिटी गठन गरियो। यस ट्रेड युनियनमा सभापति सरोज तामाङ, उप सभापति दिपा तामाङ र धिराज तामाङ, सचिव पेम्बा गोले, सह सचिव सानु छेत्री, कैलाश बम्जन, कोषाध्यक्ष राजु थोक्कर, सह कोषाध्यक्षमा निता थापा, सल्लाहकारहरू थेबा बल, हेमन्त राई, सुभाष तामाङ, संजीव बम्जन लगायत 16 जना कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, महासचिव भक्तिमान तामाङ, रोहिणी ब्लक सभापति प्रदीप प्रधान, महासचिव कल्याण राणा अनि ब्लक कोषाध्यक्ष एमके लामा लगायत सम्पूर्ण रोहिणी चिया श्रमिकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *