भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-को गाडीधुरामा लगाइयो झण्डाहरू

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गाड़ीधुराले आज मनोनित संयोजक सुवास छेत्री अनि सह संयोजक संजोग रोकाको नेतृत्वमा गाड़ीधुरा बजार परिसरमा दलीय झण्डा लगाउने कार्य गर्यो। यस अवसरमा संयोजक सुवास छेत्रीले यो कार्यक्रमले अब गाड़ीधुरामा पार्टीलाई अझ सुदृढ बनाउन एउटा सन्देश दिने साथै अब यस क्षेत्रमा भागोप्रमो-मा धेरै संख्यामा समर्थकहरू आउने जनाए। अब यहाँ ढाँट र छलको राजनीति नभएर स्वस्थ्य र स्वच्छ राजनीति परिवेश तय हुने छाँट हो भनि थप तिनले बताए। यसरी नै सह संयोजक संजोग रोकाले आजको यो झण्डा लगाउने कार्यक्रमसँगै पार्टीको कार्यक्रम निरन्तर रूपमा जारी रहने बताउँदै आउँदो केही दिनको अवधिमा एउटा समर्थन कार्यक्रम रहेको जानकारी गराए। आजको कार्यक्रममा खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि कमिटी सह सचिव कुनाल छेत्री, ध्रुव प्रसाद शर्मा, नारी शक्तिका तारा छेत्री, रिता तामाङ लगायत गाड़ीधुराका तीनैवटा बुथका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *