भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जोगमाया चियाबारीमा साङ्गठनिक सभा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको जोगमाया चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभा जोगमाया बुथ स्तरीय कमिटीको सभापति जीवन थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा विशेष रुपमा उपस्थित थिए। सभामा पार्टीको भावी रणनीतिहरू तथा आगामी दिनमा महकुमा समिति र पार्टी अध्यक्ष अनित थापाको निर्देशनमा विभिन्न क्रियाकलापहरू गर्ने अनि पार्टीलाई साङ्गठनिक रुपमा अघि लगेर जाने विषयमा चर्चा गरियो। सभामा जोगमाया चियाबारीको प्रत्येक घरमा पार्टीको झण्डा लगाउने कार्य पनि गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा अनि जोगमाया चियाबारी बुथ कमिटीका सभापति जीवन थापाले सभा विषयमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *