भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रङ्गबुल धोतरिया जोन समिति नारी शक्तिको सभा सम्पन्न

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अधिनस्थ रङ्गबुल धोतरिया जोन समितिका नारीहरुमाझ एउटा सभा सम्पन्न भयो। यस अवसरमा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि समन्वयक राजेश चौहान, भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति केन्द्रिय साङ्गठनिक सचिव बिनिता खम्बु राई, कार्यालय सचिव पासाङ्ग अग्रवाल, केन्द्रिय उपाध्यक्ष प्रतिभा राई विशेष रुपले उपस्थित थिए भने सभाको अध्यक्षता लछुमन ठकुरीले गरेका थिए। नारी शक्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नै किन भन्ने कुरोमाथि बिनिता खम्बु राईले सभामा विस्तृत जानकारी गराइन्। आजको सभामा स्थानीय सरस्वती शेर्पा, बिनिता थामी, तुलसी राई, कविता छेत्री आदिले आ-आफ्नो वक्तव्य पेश गरिन्। आज रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अधिनस्थ भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति, रङ्गबुल धोतरिया 11 सद्स्यीय जोन को-अर्डिनेशन कमिटी गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *