भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 27 वटा आसन जितेर जीटीए-को बोर्ड गठन गर्ने निश्चित, हाम्रो पार्टी अल्झियो 8 आसनमा

दार्जिलिङ :  जीटीएको आज सम्पन्न चुनाउ मतगणना अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 27 वटा समष्टिबाट जीत हासिल गरेको छ भने हाम्रो पार्टीले 8 वटा समष्टिमा, तृणमूल कङ्ग्रेस 5 वटा र निर्दल प्रार्थीहरूले 5 वटा समष्टिमा जीत हासिल गरेको छ। यसरी हेर्दा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत हासिल गरेकोले जीटीएको बार्ड गठन गर्ने निश्चित भएको छ। यसबाहेक दोस्रो स्थानमा रहेको हाम्रो पार्टी-का विजयी 8 जना प्रार्थीहरूमा बिजनबारीबाट भुपेन्द्र छेत्री, फुबछिरिङ पान्दामबाट जितेन राई, दार्जिलिङ सदर 1 बाट प्रतीम सुब्बा, दार्जिलिङ सदर 2 बाट रोबर्ट छेत्री, दार्जिलिङ सदर 3 बाट पार्टी अध्यक्ष अजय एडवर्ड, दार्जिलिङ सदर 4 बाट रूबेन दास प्रधान, घुम जोरबङ्ग्लोबाट पार्टीका उपाध्यक्ष प्रमोश्कर ब्लोन, तकदाह ग्लेनवर्णबाट सन्नी तामाङ सामेल छन्। यसैगरी, तृणमूल कङ्ग्रेसका 5 जना विजयी प्रार्थीहरूमा ब्लुमफिल्ड ऋषिहाटबाट विनय तामाङ, मिरिक सियोक गोपालधारा ओकाइटीबाट धुर्व बम्जन, मिरिक थर्बु डुप्टिनबाट मिलेश राई, सुकना पानीघट्टाबाट परेश तिर्की र कालेबुङ बोम दुर्पिनबाट सुमन गुरूङ सामेल छन्।


यसबाहेक, निर्दलीय विजयी प्रार्थीहरूमा तकभरबाट सुरज राई, रङबुल धोतरियाबाट राजेश चौहान, कालेबुङ होम्स् भालुखोपबाट विकास राई, लाभा-लिङ्सेबाट कुमार शर्मा, रङ्फू मन्सोङ बिरे राई सामेल छन्। यी विजयी प्रार्थीहरूबाहेक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दुवैवटा आसन (खरसाङ गिद्धे पहाड समष्टि र सिटोङ लाटपञ्चर)-बाट जीत हासिल गरेका छन्। तथापि, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामा, तकभर समष्टिका शीर्ष नेतृत्व आलोक कान्त मणि थुलुङले चुनाउमा पराजयको सामना गर्नपर्यो। यसबाहेक, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट जित्नेहरूमा नोर्देन शेर्पा, सतीश शर्मा (पोख्रेल), योगेन्द्र प्रधान, सन्दीप छेत्री, उदय देवान, नभल बोम्जन, अञ्जुल चौहान, अनोस थापा, मणि कुमार राई, डेण्ढुप पाख्रीन, रतन कुमार थापा, अरूण सिंग्ची, नुरी शेर्पा, श्याम शेर्पा, कल्पना प्रधान, नवराज छेत्री, सिनोरा नाम्चु, दावा तेन्जी शेर्पा, कमल सुब्बा, सञ्चवीर सुब्बा, हेमन्त राई, रतन थापा, हर्कमान अमर छेत्री र लाक्पा नाम्गे सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *