भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा 15 जना महिला सामेल

दार्जिलिङ: चुनाउ प्रचार अवधि आज दार्जिलिङ नगरपालिकाको 27 नम्बर वार्डबाट 15 जना स्वयमसेवी समूह (एसएचजी) का सदस्यहरूले दार्जिलिङ नगरपालिकाको चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारलाई नै समर्थन जनाउने वचन दिँदै आज पार्टीमा सामेल भएका छन्। यस अवसरमा तिनीहरूलाई पार्टीका अध्यक्ष अनित थापाले खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए। स्मरण रहोस, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 27 नम्बर वार्डबाट उम्मेद्वार जयन बर्देवा छन् भने तिनको चुनाउ चिन्ह सिँढी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *