भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पार्टी कार्यालय उद्घाटन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पार्टी कार्यालय आज उद्घाटन गरियो। तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट पुजा अर्चना गरेर घैयाबारीमा आज पार्टी कार्यालय उदघाटन गरियो। उक्त पार्टी कार्यालय उदघाटन कार्यक्रममा सभासद नवराज छेत्री लगायत सभासद प्रणाम रसाइली, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, उपाध्यक्ष राजु लामा, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत अन्य उपस्थित थिए। आागामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर पार्टीको सांगठनिक गतिविधिलाई बढ़ाएर लैजाने तथा समष्टिको जनताको सेवा गर्नलाई उक्त पार्टी कार्यालय उदघाटन गरिएको जानकारी प्राप्त भएको छ। उक्त समष्टि स्तरीय पार्टी कार्यालयमा कार्यालय सचिवको रूपमा बिपन विश्वकर्मलाई चयन गरियो। पार्टी कार्यालय उदघाटन गरेपछि भागोप्रमो तीनधारे महानदी समष्टिको एक सभा पनि सम्पन्न भयो।


उक्त सभालाई सभासदहरू प्रणाम रसाइली, नवराज छेत्री, समष्टीका सभापति राजीव थापा लगायत अन्यहरूले सम्बोधन गरे। पार्टी कार्यालय उद्घाटन साथै सांगठनिक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापाले धेरै समयदेखि सोचेको पार्टी कार्यालय आज घैयाबारीमा उदघाटन गरिएको र यसमा पार्टी अध्यक्ष एवम् जीटीए चिफ् अनित थापाको मुख्य भूमिका रहेकोले समष्टिको पक्षबाट तिनलाई धन्यवाद दिएका छन्। तिनले यो पार्टी कार्यालयबाट समष्टिका जनताको उत्थान र सेवाको लागि कार्य गरिने बताउँदै समष्टिको टिमले यो पार्टी कार्यालयबाट नै आगामी पञ्चायत चुनाउको लागि रणनीति तयार गर्ने तथा डाटा संकलन गर्ने पनि बताए। समष्टि सभापति राजीव थापाले समष्टिको सबैले यो पार्टी कार्यालयमा आएर पार्टीगत सांगठनिक कुराहरू विषयमा कार्यालय सचिवलाई दिने अनुरोध गर्दै तिनीमार्फत् सभासद समक्ष जाने अनि विभागीय रूपमा पनि जाने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *