भारतीय गुरूङ तमु सङ्गठनद्वारा कालेबुङमा तमु ल्होछार पर्व पालन

कालेबुङ: भारतीय गुरूङ (तमु) सङ्गठनको आयोजनामा आज चन्द्रलोक जनजागृति परिवार भवन कालेबुङमा तमु ल्होछार पर्व भव्यतापूर्वक पालन गरियो। कालेबुङको चन्द्रलोक लगायत विभिन्न ठाउँहरूबाट आएका गुरूङ समुदायका मानिसहरूले आज आफ्नो जातीय एवम् सांस्कृतिक पर्व तमु ल्होछार हर्षोल्लासको साथमा मनाए। तमु क्यालेण्डर अर्थात् ल्हो परिवर्तन भएर नयाँ वर्षमा प्रवेश गर्ने यसपालीको ल्हो परिवर्तन अनुसार गाई ल्हो समाप्त भएर आजदेखि बाघ ल्हो शुरू भएको बताइएको छ।


कार्यक्रममा मुख्य अतिथि चन्द्रलोकका समाजसेवी सुमन गुरूङ तथा अन्य अतिथि चन्द्रलोक जनजागृति परिवारका सभापति पीबी छेत्री उपस्थित थिए। यस अवसरमा उपस्थित गुरूङ समुदायका मानिसहरूले गुरूङ जातिको विभिन्न सांस्कृतिक नृत्य एवं गायन प्रस्तुत गर्दै तमु ल्होछार पर्व खुशीको साथमा पालन गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *