भारतीय जनता महिला मोर्चा-द्वारा सिलगढी अस्पतालमा स्वच्छ भारत अभियान कार्यक्रम

सिलगढी : भारतीय जनता पार्टीको 42औँ स्थापना दिवसको उपलक्ष्यमा सेवा सप्ताह कार्यक्रम अन्तर्गत आज भारतीय जनता महिला मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट सिलगढी जिल्ला अस्पतालमा स्वच्छ भारत अभियान कार्यक्रमको आयोजना गरियो। महिला मोर्चाका सदस्यहरूले आज बिहान झाड़ु लगाउँदै जिल्ला अस्पताल परिसर सफा गर्नको साथै नालीहरूमा ब्लीचिङ पाउडर छर्के। यस कार्यक्रममा सिलगढीका विधायक शंकर घोष पनि सामेल थिए। भारतीय जनता महिला मोर्चाको सिलगढी सांगठनिक जिल्ला सभानेत्री शिखा मैत्रले बताएअनुसार भारतीय जनता पार्टीको 42औँ स्थापना दिवसको उपलक्ष्यमा सेवा सप्ताह कार्यक्रम शुरू गरिएको छ। यस अन्तर्गत आज सिलगढी जिल्ला अस्पताल परिसरमा साफ सफाई गरियो भने भोलि सिलगढी सांगठनिक जिल्ला अन्तर्गत पर्ने सबै स्वास्थ्य केन्द्रहरूको निरीक्षण गर्नको साथै सेवा कार्य गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *