भारतीय जनता पार्टी महिला मोर्चाद्वारा खोरीबारी बीडीओ कार्यालय अघि विरोध प्रदर्शन

खोरीबारी: खोरीबारी बुढ़ागञ्ज मण्डल भारतीय जनता पार्टी महिला मोर्चाको तर्फबाट आज विभिन्न मागहरूलाई लिएर यहाँको बीडीओ कार्यालय अघि शान्तिपूर्ण विरोध प्रदर्शन गरे।  यसबारे जानकारी दिँदै महिला मोर्चा मण्डलका अध्यक्ष सुलाता सरकारले बताए अनुसार पश्चिम बंगालका कोभिड-19 भ्याक्सिनलाई लिएर भ्रष्टाचार भइरहेको साथै राज्यमा भाजपा कार्यकर्ताहरूको हत्या भइरहेको छ। यसवाहेक, राज्यमा नारी असुरक्षित रहेको लगायत विविध मागलाई लिएर आज महिला मोर्चाको तर्फबाट विरोध प्रदर्शन गरिएको तिनले बताइन्। यस अवधि महिला मोर्चा मण्डल अध्यक्ष सुलाता सरकार, महासचिव दीप्ति बर्मन, सचिव अञ्जला बारोई सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *