भारतीय जनता युवा मोर्चाको जनसम्पर्क अभियान खरसाङमा

खरसाङ (निसं) : भारतीय  जनता युवा मोर्चाको जनसम्पर्क अभियान जारी रहेको छ। उक्त अभियानको चौथो दिन खरसाङ विधानसभा क्षेत्रको दुईवटा मण्डल खरसाङ-गिद्ध पहाड मण्डल अनि महानदी- तीनधारे मण्डलमा युवा मोर्चाको जनसम्पर्क अभियान साथै मण्डल सशक्तिकरणलाई लिएर सभाको आयोजना गरियो।


विशेष गरेर सभामा राज्य समितिबाट आएका युवा मोर्चा प्रतिनिधिहरु आशिष विश्वास र पार्थो सरकार उपस्थित रहेका थिए भने दार्जिलिङ जिल्ला युवा मोर्चा अध्यक्ष निरज राई, महासचिव बिनय प्रसाद, उपाध्यक्ष देवराज मगर, सचिव राकेश सिंह, खरसाङ-गिद्ध पहाड मण्डल अध्यक्ष निरपराज राणपहेंली, युवा मोर्चा जिल्ला सोसियल मिडिया संयोजक चन्दन प्रसाद एवं भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *