भारतीय टोलीमा अझ एकजना युवा प्रतिभाशाली गोर्खे खेलाडी आयुश देव छेत्री

सिलगढी : एसियाली खेलका लागि भारतीय टोलीको घोषणा गरिएको छ,जसमा अझ एकजना प्रतिभाशाली गोर्खे युवा खेलाडीले मौका पाएका छन्। सुनिल छेत्रीको नेतृत्वमा रहेको भारतीय फुटबल टोलीमा नयाँ गोर्खे युवा खेलाड़ी 20 वर्षीय मिडफिल्डर आयुश देव छेत्री सामेल भएपछि टोली अझ मजबुत बन्ने सबैले ठूलो आशा साँचेका छन्। चीनको हाङजोउ सहरमा आगामी 23 सेप्टेम्बरदेखि एसियाली फुटबल खेल आरम्भ हुने भएको छ। चीनमा हुने उक्त प्रतियोगितामा भारतीय टोलीको भिडन्त चीन लगायत म्यानमार र बङलादेशसित हुनेछ। भारतीय टोली एसियाको रैङ्किङमा 18औ स्थानमा रहेको छ भने फिफाको अन्तर्राष्ट्रिय रैङ्किङमा 99औ स्थानमा पुग्न सफल बनेको छ। यस अघि एसियाली खेलमा भारतीय फुटबल टोलीले खेल्न नपाएको तितो अनुभव पनि रहेको छ।

एसियाली खेलमा भारतीय टोलीका सदस्यहरूको सङ्ख्या 22 बाट घटाएर मात्र 17 जना गरिए तापनि उक्त सूचीमा मिडफिल्डर आयुशको नाम सामेल गरिनु गोर्खे युवा खेलाडीमाथि देशको भरोसा कायम रहनु मानिएको छ। दाइने खुट्टाका मिडफिल्डर आयुश 175 सेमी अग्ला छन् भने तिनको ओजन 68 किलो ग्राम रहेको छ। 16 अप्रेल 2003-मा मिजोरममा जन्मिएका आयुश हाल एफसी गोवाको तर्फबाट 14 नम्बरको जर्सी लगाएर मैदानमा मिडफिल्डरका रूपमा खेल्छन्। एशियाली प्रतियोगितामा भारतीय टोलीको पहिलो भिडन्त आयोजक देश चीनसित हुनेछ। यसैले डुरान्ड कप अनि हिरो सुपर कपमा आफ्नो खेल अनि कला-प्रदर्शनले सबै देशवासीलाई मोहित पारिसकेका आयुश छेत्रीले अब सुनिल छेत्रीसित राष्ट्रीय टोलीको निम्ति कस्तो खेलको प्रदर्शन गर्ने हुन् भन्ने सबैको कौतुहल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes