भातखुवाईको कार्यक्रमबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर युवकको मृत्यु

राजगञ्ज : भातखुवाईको कार्यक्रमबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना गत अबेर राति राजगञ्जको चेउलीबारी इलाकामा घटेको हो। मृतक युवक कुन्दरदिघी इलाका निवासी 31 वर्षीय सञ्जय रायको रूपमा चिन्हित गरिएको छ। मृतकका परिवारको दावी अनुसार डम्परको चपेटमा परेर उक्त युवकको मृत्यु भएको हो। प्राप्त जानकारी अनुसार सञ्जय राय ठेकेदारको अधीनमा राजमिस्त्रीको काम गर्ने गदर्थे। तिनको परिवारमा स्वास्नी, एउटा नानी र आमा-बाबु छन्। हिजो साँझ तिनी आफ्नो स्वास्नीको साथमा नजिकैको गाउँमा ठेकेदारको घरमा भातखुवाईको कार्यक्रममा गएका थिए। राति लगभग 9 बजी तिनले आफ्नो स्वास्नीलाई घर छोडेर फेरि ठेकेदारको घरमा गएका थिए। यसपछि राति लगभग 1 बजी तिनी स्कुटीमा सवार भएर आमबारी-चेउलीबारी राष्ट्रिय राजमार्ग भएर घर फर्किरहेको समय एउटा डम्परले धक्का दियो। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस तथा परिवारका सदस्यहरू घटनस्थलमा पुगेर युवकलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त सडकमा धेरैजसो डम्पर आवत-जावत गर्ने गर्दछ। लापर्वाही तथा तेज गतिमा वाहन चलाउने गरेकोले गर्दा समय-समयमा दुर्घटना हुने गर्दछ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *