भत्ता वृद्धिको मागमा आशा कर्मीहरूद्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी (निसं): भत्तामा बढोत्तरी गर्ने माग गर्दै आशा कर्मीहरूले आज सिलगढीमा विरोध प्रदर्शन गरे। आशा कर्मीहरूले आज सिलगढीको हाशमी चौकमा  सडक जाम गरेर विरोध प्रदर्शन गर्दै विभिन्न नाराबाजी गरे। केन्द्र तथा राज्य सरकारको बजटमा भत्ता किन बढाइएन? यसैको प्रतिवाद जनाउँदै आज आशा कर्मीहरू सडकमा ओर्लिएको बताइएको छ। अर्कोतिर, कोलकातामा आशा कर्मीहरूको विरोध प्रदर्शन अवधि केही आशा कर्मीहरूलाई पक्राउ गरिएको छ। ती आशाकर्मीहरूलाई तत्कालै रिहा गरिनुपर्ने माग गर्दै आज विरोध प्रदर्शन गरिएको हो। यस अवधि सिलगढीको हाशमी चौकमा लगभग आधा घण्टासम्म सडक जाम गरेर विरोध प्रदर्शन गरियो। यसले गर्दा व्यापक जामको समस्या उत्पन्न भयो। पछि आशा कर्मीहरू सडक जाम हटाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *